नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दूरगामी सोचका साथ खुट्टी खोला नहर ब्यबस्थापनमा मेयर चौधरी ।
दूरगामी सोचका साथ खुट्टी खोला नहर ब्यबस्थापनमा मेयर चौधरी ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,कार्तिक १९ । सिराहा जिल्लाको लाहान स्थित रहेको खुट्टी खोलाको नहर वर्षौदेखि अलपत्रको अवस्थामा रहेपछि स्थानिय बातावरण दुर्गन्धित वनेका छन् ।
स्थानिय ग्रामीण चौकदेखि केही उत्तर पूर्व अर्थात् ओशो ध्यान केन्द्रको केही उत्तरबाट शुरू भएको खुट्टी खोलाको नहर वर्षौदेखि अलपत्रको अवस्थामा पुगेको छ । नहरको उदगम स्थलमा खुट्टी खोलामा निर्माण गरिएको नहर/ड्याम नहरभन्दा गहिरो भएको कारण नहरमा सिँचाइ योग्य पानी आउने अवस्था छैन । यदि ड्यामको अवस्थालाई सुधार गर्ने हो भने पनि यसका वातावरणीय अध्ययन सहित यसका दायाँ बायाँ भागमा पुग्न जाने क्षतिप्रति गम्भीर हुन जरुरी देखिन्छ ।
नहर वर्षौदेखि सञ्चालन नभएको कारण शुरुमा फराकिलो देखिएपनि नहरको दक्षिणी भागहरू कुरुप बनेका छन् । नहरको ग्रामीण चौकस्थित नहरमा शिव मन्दिरको निर्माण गरिएको छ ।
शिव मन्दिर भन्दा दक्षिणको भागहरूमा स्थानियहरुले नहरमा घरबाट निस्कने फोहोर र दुर्गन्धित पानीसहितको फोहोर मिसाउँदा नहर दुर्गन्धित बनेको छ ।
बजार एरियामा नगरलाई स्थानियहरुले एकातिर अतिक्रमण गरेको छ भने अर्कोतिर नहरमा फोहोरले गर्दा पानी कालो भई जमेंको कारण लामखुट्टे उत्पादन थलो बनेको छ ।
माननीय स्वास्थ्य र वातावरणीय सन्तुलन कायम गर्न जरुरी भएको कारण तत्काल प्रदुषण नियन्त्रणका लागि मेयर महेश प्रसाद चौधरीले नहरमा सुधारको आवश्यकता महसुस गर्दै ह्यूम पाइपको अबधारणा बमोजिम काम सञ्चालन गर्न भने जरुरी छ ।
वर्षौदेखि अलपत्र र बन्दको अवस्थामा रहेको नहरमा दिनानु दिनको फोहोरले बातावरण दुर्गन्धित बनेको छ । स्थलगत रूपमा उक्त नहरको बजार एरियाको वर्तमान अवस्था हेर्ने हो भने नहर सिँचाइ योग्य छैन ।
दूषित पानीले गर्दा आम किसानको खेतमा उक्त पानीले फाईदा गर्नुका अतिरिक्त बेफाइदा गर्ने अवस्था रहेको देखिन्छ ।
नहरको भौतिक स्वरुप पूर्णतया बिग्रिएको ,भासिएको , अतिक्रम भएको र फोहोरले भरिएको कुरुप अवस्थामा रहेको कारण मेयर महेश प्रसाद चौधरीले नहर सुधारको गुरु याेजना अनुसार कामको थालनी गर्नु लहानको समग्र विकासको दूरगामी खाका कोर्नु भएको सजिलै बुझ्न सकिन्छ ।
यदि नहरमा ह्यूम पाईप नलगाउने हो भने लहानको वातावरणीय सन्तुलन कायम गर्न नसकिने अवस्था रहेको देखिन्छ ।
वर्तमान अवस्थामा मेयर चौधरी आम जनताको पक्षमा र लहानको समग्र विकासको दूरगामी यात्रामा रहेको कारण आम सबैले वास्तविकता बुझ्न भने जरुरी छ ।





