आमाको हत्या आरोपमा छोरा पक्राउ

0Shares

काभ्रेको रोशी गाउँपालिका–३, भञ्ज्याङगाउँमा ६९ वर्षीया माइली लामा (साइलीकाजी) को हत्या आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ पक्राउ परेका छन्। १६ कात्तिकको दिउँसो माइली लामा आफ्नै घरको भान्साकोठामा मृत अवस्थामा भेटिएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।

थाङमिचागु डटकम संवाददाता

प्रारम्भिक अनुसन्धानमा हत्या भएको आशंका गर्दै घटनास्थलमा तालिम प्राप्त कुकुरमार्फत खोजी गरिएको थियो। यस क्रममा, फुर्साङको संलग्नता देखिएपछि प्रहरीले उनलाई १८ कात्तिकमा उनकै घरबाट पक्राउ गरेको हो।

सोधपुछका क्रममा फुर्साङले आमाको कानको सुनको रिङ र नगद लुट्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेको डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

प्रहरीले फुर्साङविरुद्ध कर्तव्य ज्यानको आरोपमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काभ्रेबाट अनुमति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *