रवि लामिछानेको पक्राउका विरुद्ध प्रदर्शनमा उत्रिएका ७ जना समर्थकलाई निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ

0Shares

रवि लामिछानेको पक्राउका विरुद्ध प्रदर्शनमा उत्रिएका ७ जना समर्थकलाई निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

थाङमिचागु डटकम संवाददाता

लामिछानेलाई कार्तिक २ गते पक्राउ गरिएको थियो, र आज उनीसहित अन्य तीनजनाको म्याद थपका लागि अदालतमा पेश गरिएको छ। अदालत बाहिर उनका समर्थकहरू तथा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रहरीले निषेधित क्षेत्रको घेरा तोड्न रोक्न लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको छ। हाल रत्नचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र कार्यकर्ताहरूले प्रदर्शन जारी राखेका छन्।

रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्, र उनीमाथि थप अनुसन्धानका लागि म्याद बढाउने विषयमा अदालतमा बहस चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *