नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, कार्तिक ६ । सिरहाको धनगढीमाई १० प्राकृतिक अस्पताल एरियामा घर भएका रामनाथ महतोको लाठी प्रहारले एक बालक सहित दुई जना घाईते भएका छन् ।
बेलुका करिब ७ बजेको समयमा आफ्नो घर अगाडि बालबालिकाहरूले हल्ला गरेको विषयलाई लिएर आफूले लाठी चलाएको महतोले स्वकार गरेका छन ।
महतोको लाठी प्रहारबाट ११ वर्षिय साइरन तामाङ र उनका फुपु सिर्जना तामाङ घाईते भएका हुन् ।
आफ्नो घर अगाडि स्थानिय बच्चाहरुले खेल्ने क्रममा हल्ला गरेको कारण आफूले लाठी प्रहार गरेको महतोले स्विकार गरेका छन ।
बालक साइरन तामाङ लाठीको चोटले रुइ कराई गरेपछि उनका फुपु सिर्जना तामाङ किन रोएको भनी हेर्न पुगेपछि महतोले अन्धाधुन लाठी चलाउँदा सिर्जना तामाङको पिठ्युँ र दायाँ हातमा गम्भीर चोट लागेको छ ।
स्थानियको सहयोगमा महतोलाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ , भने घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





