रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।

0Shares

रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, कार्तिक ६ । सिरहाको धनगढीमाई १० प्राकृतिक अस्पताल एरियामा घर भएका रामनाथ महतोको लाठी प्रहारले एक बालक सहित दुई जना घाईते भएका छन् ।

बेलुका करिब ७ बजेको समयमा आफ्नो घर अगाडि बालबालिकाहरूले हल्ला गरेको विषयलाई लिएर आफूले लाठी चलाएको महतोले स्वकार गरेका छन ।

महतोको लाठी प्रहारबाट ११ वर्षिय साइरन तामाङ र उनका फुपु सिर्जना तामाङ घाईते भएका हुन् ।

आफ्नो घर अगाडि स्थानिय बच्चाहरुले खेल्ने क्रममा हल्ला गरेको कारण आफूले लाठी प्रहार गरेको महतोले स्विकार गरेका छन ।

बालक साइरन तामाङ लाठीको चोटले रुइ कराई गरेपछि उनका फुपु सिर्जना तामाङ किन रोएको भनी हेर्न पुगेपछि महतोले अन्धाधुन लाठी चलाउँदा सिर्जना तामाङको पिठ्युँ र दायाँ हातमा गम्भीर चोट लागेको छ ।

स्थानियको सहयोगमा महतोलाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ , भने घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *