नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखामा सार्वजनिक यातायातको ठगि धन्दा” र “दोलखामा गाडी भाडामा व्यवसायीको ठगी यात्रु मर्कामा
दोलखामा सार्वजनिक यातायातको ठगि धन्दा” र “दोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा,”
थाङमिचागु डटकम संवाददाता

दोलखामा सार्वजनिक यातायातमा भएको ठगी र दोब्बर भाडा असुलीको विषयले निकै चर्चा पाएको छ। हेर्दाहेर्दै डटकममा प्रकाशित दुई समाचारले, “दोलखामा सार्वजनिक यातायातको ठगि धन्दा” र “दोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा,” सार्वजनिक चासोको विषय बनेको छ। चाडपर्वको मौकामा व्यवसायीहरूले मनपरी टिकट बिना यात्रु बोकेको र दोब्बर भाडा असुलेको पाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार, एकैदिन २० भन्दा बढी सवारी साधनलाई बिना टिकटमा यात्रु बोकेको आरोपमा कारबाही गरिएको छ। सार्वजनिक यातायातले दोब्बर तेब्बर भाडा असुलेको गुनासो बाहिरिएपछि प्रहरीले एक्सन लिएको हो।
शैलुङ गाउँपालिका – ८ ले पनि बढी भाडा असुल्ने यातायातप्रति चेतावनी दिएको थियो, तर यात्रुहरू ट्राफिक प्रहरीसँग सम्पर्क गर्न हिचकिचाइरहेका छन्। त्यसैगरी, दोलखाका ट्राफिक प्रहरीले चेकजाँच बढाउँदै, यातायातका साधनहरू चरिकोटबाट देउराली हुँदै मकैबारीबाट काठमाडौं जाने गरेको पत्ता लगाएको छ।
जिल्ला प्रहरी कार्यालयले चाडपर्वको समयमा मनपरी भाडा असुली भए तुरुन्तै खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ।





