नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
मलेसिया पठाइदिने प्रलोभनमा युवाहरूलाई ठगी गरेको आरोपमा महतो पक्राउ
मलेसिया पठाइदिने प्रलोभनमा युवाहरूलाई ठगी गरेको आरोपमा महतो पक्राउ
थाङमिचागु डटकम संवाददाता

सुनसरीका ३८ वर्षीय बालेश्वर महतो, जो काठमाडौंमा बस्दै आएका थिए, मलेसिया पठाइदिने प्रलोभनमा बेरोजगार युवाहरूलाई ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महतोलाई नियन्त्रणमा लिएको हो। महतोले युवाहरूलाई आकर्षक तलबको प्रस्ताव राख्दै मलेसिया पठाइदिन्छु भनी ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार महतोले दुई लाखभन्दा बढी रकम ठगी गरेका छन्। पीडितहरूका उजुरीपछि महतोलाई पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन्।





