टीका लगाउन आफन्तकोमा जान निस्किएकाहरु सार्वजनिक सवारी फाटफुट मात्रै चलेकाले समस्यामा

0Shares

सुनसान काठमाडौंमा चहलपहल बढ्यो, टीका लगाउन हिँड्नेहरुलाई हतारो

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । विजया दशमीका दिन आफन्त तथा मान्यजनको हातबाट टीका थाप्न हिँड्नेहरुको चहलपहल बढेको छ । यससँगै काठमाडौंका सडकमा चहलपहल बढेको छ । तर, सार्वजनिक यातायात कम चलेका कारण भने सर्वसाधारणलाई समस्या भएको छ ।

१३ लाख मानिसले काठमाडौं उपत्यका छोडेसँगै सुनसानजस्तै रहेको काठमाडौंमा शनिबार मध्याह्नबाट चहलपहल बढेको छ । बिहान शुभ साइतमा परिवारजनमा टीका थापेपछि मानिसहरु आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाउन ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

टीका लगाउन आफन्तकोमा जान निस्किएकाहरु सार्वजनिक सवारी फाटफुट मात्रै चलेकाले समस्यामा भने परेका छन् । सवारी साधन पाउन कठिन भएकाहरु हिँडेरै गन्तव्यतिर लागिरहेका भेटिन्छन् ।

निधारमा रातो टीका लगाएर, पहेँलो जमरा सिउरिएर चटक्क परेर परिवारसहित आफन्त भेट्न जानुको पनि छुट्टै रमाइलो छ । तर, सवारी साधन नपाउँदा भने सर्वसाधारणलाइ केही समस्या भएको छ ।

दशैं अर्थात् पारिवारिक तथा आफन्तजनसँग मिलन र भेटघाट । यस्तो अवस्थामा परिवारसँग बसेर विभिन्न तरिकाले मनोरञ्जन गर्ने गरिन्छ ।

विजया दशमीको दिनदेखि ठूलाबडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन छ । क्षेत्रगत हिसाबले कतै विजयादशमीको दिन मात्र त कतै कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *