नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखाको विगु गाउँपालिकामा वराङ का झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु
दोलखाको विगु गाउँपालिकामा वराङ का झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु
थाङमिचागु डटकम संवाददाता

चरिकोट । दोलखाको विगु गाउँपालिकामा झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर २ वराङका अन्दाजी २२ वर्षिय धिरज ठकुरी रहेका छन् । स्थानीयका अनुसार दुई दिन अघि स्थानीय २९ वर्षिय नारायण तामाङसँग आपसी झगडापछि ठकुरी बिरामी परेका थिए ।
त्यसपछि उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालको प्रारम्भिक एक्सरे रिपोर्टमा मृतकको छातीको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याईएको छ ।
ठकुरीसँग झै–झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घट्नाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिर्पोट आएपछि मृत्युको कारण भन्न सकिने जनाएको छ ।





