सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
गतहप्ता वर्षापछि नल्लु खोलामा आएको बाढीले क्षतिग्रस्त
गतहप्ता वर्षापछि नल्लु खोलामा आएको बाढीले क्षतिग्रस्त
थाङमिचागु डटकम संवाददाता

नल्लु खोलामा आएको बाढीले टिकाभैरव मन्दिर र त्यसको आसपासका क्षेत्रमा पुर्याएको क्षति अत्यन्त गम्भीर रहेको छ। मन्दिरको केही भाग बगाएर क्षतिग्रस्त भएको छ भने आसपासका खेतबारी र बाटोहरू समेत ध्वस्त भएका छन्। बाढीका कारण साना साना भिरालो जमिन कटान भएर खोलामा मिसिएका छन्, जसले मन्दिर क्षेत्रको भौतिक संरचनामा खतराको संकेत दिएको छ।
धेरै स्थानीय किसानहरूको खेतीयोग्य जमीन पनि बाढीले बगाएपछि आर्थिक अवस्था झन् नाजुक बन्ने अवस्था छ। बाढीका कारण बनेका जमिनका खाल्डाखुल्डी, ध्वस्त भौतिक संरचना, र स्थानीय सडकमार्ग बन्द हुँदा दैनिक जीवन पनि निकै प्रभावित बनेको छ। स्थानीय बासिन्दाहरूले तुरुन्तै मन्दिर संरक्षण, क्षेत्र पुनर्निर्माण र खोलामा पर्खाल निर्माण गर्न सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

यस क्षेत्रलाई प्राकृतिक प्रकोपबाट जोगाउन दीर्घकालीन योजना आवश्यक रहेको छ। तत्काल मन्दिरको पुनर्निर्माणसँगै, आसपासको क्षेत्रलाई स्थिर बनाउन र खोलामा पक्की बाँध वा पर्खाल जस्ता संरचनाहरूको निर्माण गर्नुपर्ने आवाज उठेको छ।





