यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
सिन्धुपाल्चोकमा उद्धार प्रयास गर्दा कर्णेल मिलन केसीको वीरगति
सिन्धुपाल्चोकमा उद्धार प्रयास गर्दा कर्णेल मिलन केसीको वीरगति
आइतबार १३ असोज २०८१
थाङ्मीचागु ड्स्टकम सम्बादाता
काठमाडौं । दोलखा भीमेश्वर नगरपालिकाका कर्णेल मिलन केसीले सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका साथीहरूलाई उद्धार गर्ने प्रयासमा वीरगति प्राप्त गरेका छन्। नेपाली सेनाका प्रमुख सेनानी केसी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको रिसोर्टमा बसेका बेला पहिरो आएको थियो। साथीहरू पहिरोमा पुरिएपछि उद्धार गर्न खटिएका केसी पनि पहिरोमा फस्दै गम्भीर घाइते भए। पछि उनी घटनास्थलमै मृत अवस्थामा फेला परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टि गरेको छ।
कर्णेल केसी नेपाली सेनाको सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए। उनी घुम्न गएको बेला पहिरोमा परेका थिए। सिन्धुपाल्चोक प्रहरीका अनुसार, केसी आफ्ना कोरियन साथीहरूसँग रिसोर्टमा बसेका थिए। पहिरोले पुरिएका कोरियन नागरिकहरूको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन।
कर्णेल केसीको मृत्युले नेपाली सेनालाई गहिरो क्षति पुगेको छ भने उनको वीरगतिको यो घटना उद्धारकर्ताहरूको समर्पण र साहसको प्रतीक बनेको छ।





