यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
दोलखा बिगु गाउँपालिका–८ थाङ्मीचागु, साबिक २ कोलेपामा पहिरोले बस्तीलाई खतरामा ।।।
दोलखा बिगु गाउँपालिका–८ थाङ्मीचागु, साबिक २ कोलेपामा पहिरोले बस्तीलाई खतरामा ।।।
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
दोलखा जिल्ला बिगु गाउँपालिका ८ थाङ्मीचागु, साबिक २ कोलेपा स्थित निष्परक्याङ लिसोङ पाखा टोलमा दुई दिनदेखि अविरल वर्षाका कारण तलबाट पहिरो आएको छ, जसले बस्तीलाई जोखिममा पुर्याएको छ।

पाखा टोलमा कलवीर थामी, गणेश थामी, हुटिट्याङ थामी, र पलबहादुर थामीका घरहरू पूर्ण रूपमा जोखिम अवस्थामा छन्। यसै क्रममा, कोलेपा शिशु भवन एरियामा पनि ठूलो पहिरो आएको छ। निष्पुर क्याम्प एरियामा पनि ठूलो पहिरो गइरहेको छ, जसले सवारी आवातजावादको सडकमा ठूलो क्षति पुर्याएको छ। यसले पैदल यात्रीहरूको यात्रा पनि अवरुद्ध गरिरहेको छ, जसले दैनिक जीवन र आवागमनलाई निकै प्रभावित बनाएको छ।

समुदायलाई सुरक्षित स्थानमा अनेत्रा बस्ती बसाल्नुपर्ने आवश्यकताको महत्त्वपूर्ण उल्लेख गर्नुपर्दछ। यसका लागि सम्बन्धित स्थानीय सरकार गम्भीर रूपमा ध्यानाकर्षण गर्नु आवश्यक छ।

अहिलेसम्म घटनास्थलमा स्थानीय सरकार र सुरक्षाकर्मीको कुनै उपस्थिति छैन, जसले स्थानीय बासिन्दाहरूमा चिन्ता र असुरक्षाको भावना सिर्जना गरेको छ।

यसैले, सबैलाई ध्यानाकर्षण गर्दै अनुरोध गरिन्छ कि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई घटनास्थलमा तत्काल पठाउनुपर्छ।

सुरक्षित स्थानमा जान र जोखिमबाट टाढा रहन सबैलाई अनुरोध गरिएको छ। स्थिति निरन्तर अपडेट गर्दै जानेछु र स्थानीय समुदायको सुरक्षा र उद्धार कार्यको लागि आवश्यक ध्यानाकर्षणको अपेक्षा गरिन्छ।












