नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन र निर्देशनप्रति व्यवसायीको आपत्ति
होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन र निर्देशनप्रति व्यवसायीको आपत्ति
२०८१ असोज ९ गते १८:३२
थाङमिचागु डटकम संवाददाता

९ असोज, काठमाडौं । चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ ।
सरकारी अनुगमन र कारबाही तीव्र पारिएको प्रति होटल तथा रेस्टुरेन्ट व्यवसायीले भने आपत्ति जनाएका छन् ।
खासगरी विभागले होटल तथा रेस्टुरेन्टमा खाद्य तथा पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी) मा तोकिएको मूल्यमै बिक्री गर्नुपर्ने भनी विभागबाट आएको निर्देशन र चेतावनीप्रति उनीहरूले आपत्ति जनाएका छन् ।
बुधबार संयुक्त विज्ञप्ति निकाल्दै होटल एसोसिएसन नेपाल (हान) र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले विभागद्वारा गत सोमबार जारी गरिएको विज्ञप्तिबाट व्यवसायी आतंकित भएको बताएका छन् ।
सोही दिन विभागले काठमाडौंको एक रेस्टुरेन्टले एमआरपी भन्दा तेब्बर मूल्य राखी पानी बिक्री गरेको कसुरमा ३ लाख जरिबाना तिराएको थियो ।
साथै, तोकिएको मूल्यमा बिक्री नगरे थप कारबाही गर्न सबै रेस्टुरेन्ट तथा होटल व्यवसायीलाई चेतावनी दिएको थियो ।





