नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
सुनवलमा कृष्ण जन्माष्टमी पुजाको आय–व्यय सार्वजनिक सुनुवाई सम्पन्न ।।।
सुनवलमा कृष्ण जन्माष्टमी पुजाको आय–व्यय सार्वजनिक सुनुवाई सम्पन्न ।।।
थाङमिचागु डटकम संवाददाता

मीना केसी सुनवल, असोज ५ । सुनवल सत्मार्ग बहुआयमिक समाज र श्री कृष्ण धाम विकास समितिद्वारा संयुक्त रूपमा आयोजित श्री कृष्ण जन्माष्टमी पुजाको आय–व्यय सार्वजनिक गरिएको छ । भदौ ८, ९, र १० गतेसम्म आयोजना भएको उक्त पूजामा जेष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनार्थ विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए ।
मोहन कार्कीको अध्यक्षता तथा भिम बहादुर थापाको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा आय व्यय लगायत कुल आम्दानी रु. २२ लाख ८४ हजार १ सय ४० रहेको जानकारी गराईएको थियो । खर्चतर्फ रु. ११ लाख १ हजार २ सय ७१ लागेको र बचत रु. ११ लाख ८२ हजार ८ सय ६९ रहेको समितिले औपचारिक कार्यक्रम मार्फत् जानकारी गराएको छ ।

आयोजित कार्यक्रममा चन्दा दाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा उपस्थित वडा नं ४ का वडा अध्यक्ष बाल कृष्ण पङ्गेनी, पूजाको व्यवस्थापन मुल समिति सल्लाहकार विष्णु प्रसाद पौडेल, कृष्ण लामिछाने, यज्ञ पाण्डे, तथा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगायत व्यक्तित्वहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव मुरली गौतमले गरेका थिए । अत्यन्त शान्त वातावरणमा भब्यताका साथ सम्पन्न भएको कार्यक्रमले आम स्थानीयमा सकारात्मक प्रभाव परेको स्थानियले बताएका छन ।







