समाचार लेखेकै आधारमा वडाअध्यक्ष साहद्वारा पत्रकारलाई मार्ने धम्की

0Shares

समाचार लेखेकै आधारमा वडाअध्यक्ष साहद्वारा पत्रकारलाई मार्ने धम्की

थाङमिचागु डटकम संवाददाता

राैतहटकाे वृन्दावन नगरपालिका- ३ का वडा अध्यक्ष हरिनारायण साहले समाचार लेखेकाे भरमा पत्रकारलाई ज्यान मार्न धम्की दिएका छन । बिगतका बिकाशका बारेमा वडा अध्यक्ष माथि खाेजतलास तथा बिकाशकाे बारेमा सत्यतथ्य समाचार लेख्दा वडाअध्यक्षले मार्ने धम्की दिएका हुन ।

वडा अध्यक्ष साहले बिहानै रक्सी खाएर मातिने, वडा कार्यालयमा कहिले नजाने र जनताको काम कहिले नगर्न भएकाले रौतहटका एक जना पत्रकारले समाचार लेखेकै भरमा वडाअध्यक्षले ज्यान मार्न धम्की दिएको हो ।

वडाअध्यक्ष हरिनारायण साह वडाको जननिर्वाचित वडा अध्यक्ष मात्र नभएर बिदेश पठाउने दलालसमेत रहेको छ । उनले वडामा बसेर जनताको काम गर्ने भन्दा बिदेशमा मान्छे पठाउने काममा समय दिएको आरोप छ । उनले जनताको सेवा भन्दा पनि आफ्नो दलाली पेशालाई प्राथमिकता दिएर सधै बिना सूचना दलाली काममा बाहिर बस्ने उनको रबैया रहेको छ ।

उनले पत्रकार रमेश यादवलाई सत्यतथ्य समाचार बाहिर ल्याएको भन्दै धम्की पुर्ण भाषामा ज्यान लिने भनेको पत्रकार यादवले बताए । यादवले जनताको प्रतिनिधि भएर जनताको काम गर्नुस । बिना सुचना जनताको कामलाई थाती राखेर बाहिर नहिड्नुस । जनताको गुनासोको आधारमा सम्झाउदा पनि अध्यक्षले नमान्दा समाचार लेख्दा मार्ने धम्की दिएको बताए ।

अध्यक्ष शाहले समाचार बाहिर आएपछि फोन गरेर तिमी मेरो वडाको हो, चुप लागेर बस । तिमिले समाचार लेखेर राख्यौ अब हेर तिम्रो बारेमा म के-के भन्दै छु तिमी समाचार लेख्ने खालका हुदैनौ…… त्यति मात्र नभएर जातियता नारा लगाएर समाजमा द्वन्द फैलाएर समाजमा लडाई गराउने एक आपसमा झगडा गराउने किसिमका गालीगलौच गरेको आरोप उनी माथी लागेको छ ।

पत्रकार रमेश यादवले आफ्नो पत्रकारिताको धर्मअनुसार सत्यतथ्य समाचार बाहिर ल्याउँदा वडाअध्यक्षले उनलाई धम्की दिएको, ज्यान लिने धम्की समेत गरेको आरोप यादवले लगाएका छन्। पत्रकारलाई धम्क्याउनु, जातीय विभाजनको नारा लगाएर समाजमा विभाजन र द्वन्द उत्पन्न गर्ने आरोप पनि गम्भीर प्रकृतिका हुन्।यस किसिमका आरोपहरू स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आवश्यक देखिन्छ। पत्रकारिता स्वतन्त्रता र जनताको हितमा काम गर्नुपर्ने जनप्रतिनिधिहरूको जिम्मेवारीको पालना सुनिश्चित गरिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *