Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Tuesday, September 1, 2026
सिम्पानीमा खहरे मा स्कूलबाट घर फर्किँदै गरेकी बालिकाको खोलाले बगाएर मृत्यु
स्कूलबाट घर फर्किँदै गरेकी बालिकाको खोलाले बगाएर मृत्यु
थाङमिचागु डटकम संवाददाता

२५ भदौ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–८ सिम्पानीमा खहरे भेलले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मंगलबार दिउस निरन्तर परेको वर्षाले दाङसिङ खोल्सामा आएको भेलले स्थानीय रञ्जिता गुरुङ र अर्का १७ वर्षीय बालकलाई बगाएको थियो ।
युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत् गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गुरुङ स्कूलबाट घर फर्किँदै गर्दा भेल तर्ने क्रममा बगाएको थियो । उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
भेलले बगाएको अर्का बालकको भने सकुशल उद्दार गरेर मनहरी बजारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।




