मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
दोरम्बाको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।
थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१
जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्कमा शनिबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको छ भने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार, घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ। पहिरो एक किलोमिटर लामो भएकाले हराइरहेका चार जनाको खोजी कार्यमा समस्या भइरहेको जनाइएको छ।
पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उहाँका १८ महिने छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको हो।





