कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या ।।।
2026-08-28
ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेस बरामद
ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेस बरामद
थाङमिचागु डटकम संवाददाता

पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेस बरामद गरेको छ। बिहीबार राति पटेर्वा सुगौली गाउँपालिका– ४ अकवा गाउँको बाँसघारीमा गाँजा खरिद–बिक्री भइरहेको सूचनाको आधारमा ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेस बरामद गरेको हो।
बासघाँरीमा लागुऔषध गाँजाको खरिद–बिक्री गरिरहेका स्थानमा शंकास्पद रूपमा लुकिरहेका कालिकामाई गाउँपालिका– १ मुडलीका ४० वर्षीय फुलसरिफ मियाँ पक्राउ परेका छन्। पक्राउ परेका मियाँको साथबाट ३० किलो लागुऔषध गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका मियाँसँग सोधपुछ गर्दा बासघाँरीमा खाल्डो खनेर राखिएको १९२ किलो चरेस र लागुऔषध गाँजाको धुलो (पोलान्ड) २६७ केजी फेला परेको हो । पक्राउ परेका मियाँलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले बताए





