भ्यान दुर्घटन हुँदा एकको मृत्यु, २० घाइते

0Shares

उदयपुरमा विंगर भ्यान दुर्घटन हुँदा एकको मृत्यु, २० घाइते 

थाङमिचागु डटकम संवाददाता

उदयपुरमा विंगर भ्यान दुर्घटन हुँदा एकजाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। सगरमाथा राजमार्गको गाईघाट–लहान सडकखण्डको चुरेमा आइतबार ना .१ज ६२७९ नम्वरको विंगर भ्यान दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राजन चापागाईंका अनुसार विंगरमा सवार त्रियुगा नगरपालिका– ३ की ५० वर्षीया गीता कार्की राउतको मृत्यु भएको हो। ‘चालक तथा सहचालकसहित २० जना घाइते भएकामा दुईजनालाई विराटनगर पठाइएको छ। बाँकीको जिल्ला अस्पताल गाईघाटमा उपचार गरिएको छ,’ उनले भने।

दुर्घटनामा परेको उक्त विंगर भ्यान उदयपुरको गाईघाटबाट लहानतर्फ जाँदै गरेको र ब्रेक फेल हुँदा दुर्घटनामा परेको डिएसपी चापागाईंले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *