यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
गाउँपालिका अध्यक्ष भन्छन् : सोलुखुम्बुको थामेमा फेरि बाढीको सम्भावना छैन
गाउँपालिका अध्यक्ष भन्छन् : सोलुखुम्बुको थामेमा फेरि बाढीको सम्भावना छैन
बाढीपीडित १५ परिवारलाई गाउँपालिकाले दियो ५० हजार
थाङमिचागु डटकम संवाददाता

१ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा तत्काल बाढी आउने सम्भावना नरहेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बताएका छन् ।
शनिबार विहान रक्षामन्त्री तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन लामा, कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पा, राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा फेरि बाढी आउने जोखिम नदेखिएको अध्यक्ष शेर्पाले बताए ।
‘तल्लो भेगमा अझै पनि खतरा छ कि भन्ने शंका छ, हामीले त्यो देखेनौं, त्यहाँ चार वटा पोखरी रहेछ, तीनवटा पोखरी निलो रहेछ, निलो पोखरी त्यत्तिकै छ, छेउमा सानो पोखरी पनि रहेछ, त्यो फुटेको रहेछ । अब थप क्षति हुने अवस्था छैन’, उनले भने ।
शुक्रबारको बाढीबाट घरबास गुमाएका १५ परिवारलाई गाउँपालिकाले ५० हजार रुपैयाँ राहत दिएको छ । शुक्रबार हिमताल फुट्दा एक्कासी आएको बाढीले थामेमा १५ घर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।
पूर्ण रुपमा क्षति भएको १५ घरपरिवारलाई पालिकाले तत्काल बसोबासको व्यवस्था गर्न ५० हजार रुपैयाँ राहत दिएको अध्यक्ष शेर्पाले जानकारी दिए । संघीय सरकारको गृह मन्त्रालयले पनि १५ घरपरिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउन १५ हजार रुपैयाँ दिएको छ ।
बाढीबाट प्रभावित अन्य ३१ घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष शेर्पाले अन्य राहत पीडितको बर्गीकरण गरेर दिने बताए । बस्तीदेखि माथिका हिमताल फुट्दा बाढी आएको र शनिबार हेलिकप्टरबाट अवलोकन गर्दा अरु तालहरु फुटेर तत्काल बाढी आउने जोखिम नदेखिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
बाढी गएको क्षेत्रको अवलोकनबाट फर्केपछि मन्त्री राईसहितको टोलीले पीडितहरुसँग छलफल गरेको थियो ।





