नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखा बिगु ८ खोपाचागुको हिमालय माविमा व्यापक लापरवाही ।।।
दोलखा बिगु ८ खोपाचागुको हिमालय माविमा व्यापक लापरवाही ।।।
संवाददाता, २०८१ साउन २६। दुर्गम क्षेत्र अन्तर्गत रहेको दोलखा जिल्लाको एक विद्यालयमा शिक्षकहरुले पठन पाठनलाई प्रभावित पार्दै आएको खवर प्राप्त भएको छ ।
जिल्लाको क्षमावती मा.वि, शान्ति आदर्श मावि ।
पछिको पुरानो माविको हालत अस्तब्यस्तको अवस्थामा पुगेको छ ।
दोलखाको बिगु गाउँपालिका वडा नं ८ स्थित रहेका श्री हिमालय मावि स्थापनामा स्थानिय सिङ्गो खोपाचागु र थामीचागुको थामी समुदायहरुले सदरमुकाम चरिकोट पुगेर भोको पेटमा त्यहाबाट प्राप्त विद्यालय निर्माणका लागि ढाडको छाला जाने गरेर श्रमदान बाट ट्रस्ट बोकेर ल्याएको र स्थानिय विकास अन्तर्गत शिक्षामा सुधारको लागि विद्यालय स्थापना गरेको अवस्था रहेको स्थानीय अग्रजहरु बताउँछन् ।
उक्त विद्यालयका शिक्षकहरुलाई राजनीतिक संरक्षण प्राप्त हुन थालेपछि शिक्षकहरु विभिन्न पार्टीका सभा,सम्मेलन , गोष्ठी,सेमिनार र पार्टीले खटाएको कामहरुमा सहभागी हुँदै आएका छन् ।
विद्यालयमा ढिलो गरी आउने टिफिनमा विद्यालयबाट घर जाने ,विद्यालयमा गफ गरेर समय बिताउने ,विज्ञान विषय पढाउँदै आएका शिक्षक महिनौ हराएर विद्यालयमा आउने जाने गरेको अबस्था छ ।
राजनीति संरक्षणमा रहेका उक्त विद्यालयका शिक्षकको गलत क्रियाकलापको बारेमा कसैले बोल्ने आँट हिम्मत अहिलेसम्म गर्न नसकेका कारण विद्यालयका विद्यार्थीहरुले एस.ई.ई परीक्षामा धेरैले NG प्राप्त गर्नुले विद्यालयमा पठन पाठनमा लापरवाही बढेको स्पष्ट बुझ्न सकिन्छ ।
विद्यालयमा अधिकांश शिक्षकहरु पटक पटक लामोसमय सम्म हराउँदै गर्दा पठन पाठनमा प्रतक्ष्य प्रभाव पर्दै आएको अवस्थामा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीले कुनै कारवाही बढाउन सकेको छैन ।
कक्षा कोठामा सुर्ती खाने , विद्यार्थी हप्काउने ठूला ठूला कुरा गर्दै आएका शिक्षकहरुलाई राजनीतिक संरक्षण प्राप्त हुँदै गर्दा उक्त विद्यालयको पठन पाठनमा लापरवाही सहित अस्तवयस्तको अवस्था सिर्जना भएको छ ।
विद्यालयमा लापरवाही बढेपनि स्थानिय निकायको खासै ध्यान केन्द्रित हुन नसकेको अवस्था रहेको छ भने शिक्षा बिकास तथा समन्वय ईकाई तथा सम्बन्धित निकायमा स्थानियले पटक पटक जानकारी गराउँदा समेत दर्शक बनेको अवस्था छ ।
विद्यालय जस्तो क्षेत्रलाई राजनीतिक अखडाहा बनाउने विद्यालयका शिक्षकहरुलाई तत्काल कारवाही प्रक्रिया बढाएर विद्यालय नियमित अगाडि बढाउनु आजको आवश्यकता हो ।





