नेपालले जित्यो काभा बिच भलिबलको उपाधि

0Shares

नेपालले जित्यो काभा बिच भलिबलको उपाधि

थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १९

नेपालले काभा बिच भलिबलको उपाधि जितेको छ।

भुटानको थिम्पुमा शनिबार भएको फाइनल खेलमा उव्जेकिस्तानलाई हराउँदै नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले महिलातर्फ बिच भलिबलको उपाधि जितेको हो।

नेपाल पहिलोपटक बिच भलिबलको च्याम्पियन बनेको हो।

यसअघि दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

शनिबार कमला र मनिषाको जोडीले उव्जेकिस्तान ए लाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको हो।

नेपालले यसपालि खेलेको सबै पाँच वटा खेलमा अपराजित रहँदै उपाधि जितेको हो।

शनिबार नै भएको खेलमा उव्जेकिस्तान बी टिमलाई हराएर नेपाल फाइनलमा पुगेको थियो।

काभा बिच भलिबलको पुरूषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *