प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुँदा कुनै समस्या नआउने बताएका छन्।

0Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुँदा कुनै समस्या नआउने बताएका छन्।

थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौं, साउन १५

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुँदा कुनै समस्या नआउने बताएका छन्।

अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरू जुध्ने भन्दै उनले विश्वविद्यालयका समस्याबारे विभिन्न ठाउँमा धाउनुभन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क हुने बताए।

अहिले पनि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहने व्यवस्था छ। तर विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बाहेकलाई दिनुपर्ने बहस पनि हुने गरेका छन्।

त्यसतर्फ लक्षित गर्दै मंगलबार त्रिविको सिनेटमा बोल्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या आउँदैन। अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरु जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पुर्‍याएर धाइरहनु भन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहन्छ।’

प्रधानमन्त्री ओलीले त्रिविको बेरुजु नबढेको पनि बताए। अहिले त्रिविको बेरुजु २८ अर्बको देखिए पनि २ वर्षको संपरीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताएका हुन्।

२ वर्षको संपरीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको उनले बताए। बेरुजु बढेर भयावह स्थिति भएको नभई पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *