बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन्।

0Shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन्।

थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्रीले मंगलबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा बहुमत सांसदहरूले मत दिएका हुन्।

मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ६४ मत, विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भुवनकुमार पाठकले बताए।

‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा ६४ मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख पाठकले मंगलबारको प्रदेश सभा बैठकमा भने।

प्रदेश सभाको अर्को बैठक साउन १६ गते बस्नेछ।

बागमतीमा नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका हुन्। कांग्रेस संसदीय दल नेता तामाङ एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *