डोटेल माविको प्राङ्गणमा ढलान गरिएको बाटोको अनुगमन पूर्व अध्यक्ष डोटेलले व्यक्त गरे खुशी
2026-08-15अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त दुई बालिका सकुशल
2026-08-15
डोटेल माविको प्राङ्गणमा ढलान गरिएको बाटोको अनुगमन पूर्व अध्यक्ष डोटेलले व्यक्त गरे खुशी
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ स्थित डोटेल माध्यमिक विद्यालयको प्राङ्गणमा निर्माण सम्पन्न भएको ढलान बाटोको अनुगमन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव कुमार महतोको पहलमा निर्माण सम्पन्न भएको उक्त बाटोको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विवेक राज डोटेलले स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा पूर्व अध्यक्ष डोटेलले विद्यालय परिसरमा बाटो ढलान भएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवतजावतमा सहज हुने भन्दै खुशी व्यक्त गरे। वर्षायाममा हुने हिलो तथा पानी जम्ने समस्या न्यूनीकरण हुनुका साथै विद्यालयको भौतिक वातावरणसमेत थप व्यवस्थित हुने उनले बताए।
विद्यालयको आवश्यकतालाई प्राथमिकतामा राखेर निर्माण कार्य सम्पन्न गरिएकोमा अध्यक्ष देव कुमार महतोको पहलको प्रशंसा गर्दै पूर्व अध्यक्ष डोटेलले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा विद्यालयको पूर्वाधार विकाससँगै शिक्षण–सिकाइको वातावरणलाई थप प्रभावकारी बनाउन आवश्यक पहललाई निरन्तरता दिने जनाएको छ।




