नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
Friday, September 25, 2026
चरिकोटको मैदानेमा अविरल वर्षाले भित्ता भत्कियर स्थानीयमा त्रास
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखा, साउन २६ । दोलखाको चरिकोटस्थित मैदाने क्षेत्रमा अविरल वर्षाका कारण घरको भित्ता भत्किएपछि स्थानीयवासीमा त्रास बढेको छ।
लगातारको वर्षाका कारण जमिन चिस्यानयुक्त बन्दै गएपछि भित्ता भत्किएको स्थानीयले बताएका छन्। घटनापछि आसपासका बासिन्दा थप क्षति हुन सक्ने भन्दै त्रसित भएका छन्।
वर्षा निरन्तर भइरहेकाले घर तथा बस्ती आसपासको जमिनमा थप जोखिम बढ्न सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन आग्रह गरेका छन्।
स्थानीयका अनुसार वर्षाका कारण चरिकोट क्षेत्रका अन्य स्थानमा समेत पहिरो तथा भौतिक क्षतिको जोखिम बढेको छ।





