यलुङ री हिमालबाट एक वर्षपछि पाँच शव निकालिए चार शव काठमाडौं ल्याइयो
2026-08-10मधेशका समस्या र समसामयिक विषयमा गृहमन्त्रालयमा सर्वदलीय छलफल
2026-08-10
Tuesday, August 11, 2026
ऋण असुली गरेर २२० जना सहकारी बचतकर्ताको रकम फिर्ता
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन २६ । सरकारले सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरूबाट रकम असुली गरी २२० जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।
सरकारले शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जना बचतकर्तालाई गरी कुल २२० जनाको बचत रकम फिर्ता गरेको हो।
लामो समयदेखि सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर समस्यामा परेका बचतकर्तालाई राहत दिने उद्देश्यले सरकारले ऋण असुली तथा बचत फिर्ताको प्रक्रिया अघि बढाएको जनाएको छ।
ऋणीबाट असुल भएको रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रियालाई निरन्तरता दिइने सरकारी पक्षले जनाएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्दै बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताइएको छ।




