बेसीशहरको जंगलबाट बेवारिसे १२ बोरको एकनाले बन्दुक बरामद ।।।
2026-08-06यार्सागुम्बा संकलनले हिमाली बासिन्दाको अर्थतन्त्रमा टेवा, दिगो व्यवस्थापनमा जोड ।।।
2026-08-06प्रेस कार्डको दुरुपयोग गरी आपराधिक गतिविधि गर्नेमाथि कारबाहीको माग : पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण ।।।
2026-08-06
लहान सबस्टेशन स्तरोन्नति सम्पन्न : मधेशमा थप भरपर्दो र गुणस्तरीय विद्युत् सेवा ।।।
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

मधेश प्रदेशमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले सिराहास्थित लहान सबस्टेशनको स्तरोन्नति कार्य सम्पन्न गरेको छ।
प्राधिकरणका अनुसार लहान सबस्टेशनमा रहेका दुवै १६ एमभीए (MVA) क्षमताका ओभरलोड पावर ट्रान्सफर्मरलाई स्तरोन्नति गरी २४–२४ एमभीए क्षमतामा सञ्चालनमा ल्याइएको हो। क्षमता विस्तारसँगै विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ।
यस स्तरोन्नतिबाट लहान, धनगढीमाई, लक्ष्मीपुर, बरियारपट्टी, औरही तथा सुखीपुरलगायत क्षेत्रका उपभोक्ताले थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि भएपछि ओभरलोडको समस्या न्यूनीकरण हुने, विद्युत् भार व्यवस्थापन प्रभावकारी बन्ने तथा भविष्यमा बढ्ने विद्युत् मागलाई समेत सहज रूपमा सम्बोधन गर्न सकिनेछ।
लहान सबस्टेशनको स्तरोन्नतिलाई मधेश प्रदेशको विद्युत् पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसबाट घरेलु उपभोक्तासँगै उद्योग, व्यापार तथा सेवा क्षेत्रले समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको प्राधिकरणले जनाएको छ।




