नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
लिम्चुङबुङ गाउँपालिकामा साउन २९ गते सार्वजनिक सुनुवाइ हुँदै
साउन २९ मा लिम्चुङबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ, सरोकारवालालाई अनिवार्य सहभागिताको आग्रह
थाङमिचागु डटकम चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

उदयपुर — लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले साउन २९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
बुधबार जारी सूचनाअनुसार कार्यवाहक अध्यक्ष पुष्पलाल राईको अध्यक्षतामा हुने सार्वजनिक सुनुवाइ बिहान १०:०० बजे गाउँपालिकाको ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हुनेछ।
गाउँपालिकाले कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ।
गाउँपालिकाका अनुसार सार्वजनिक सुनुवाइमार्फत आर्थिक वर्षभरि सम्पन्न भएका योजना तथा कार्यक्रम, सेवा प्रवाह, विकास निर्माणका उपलब्धि र चुनौतीबारे जानकारी गराइनेछ। साथै नागरिकका सुझाव, गुनासा र जिज्ञासा सुनेर स्थानीय शासनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
गाउँपालिकाले सम्बन्धित पक्षलाई पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै कुनै कारणवश पत्र ढिलो प्राप्त भए पनि यही सार्वजनिक सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।





