दक्षिण सुडान शान्ति मिसनमा जाने १३औँ एफपीयू टोलीलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बिदाइ

0Shares

थाङमिचागु डटकम चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं — संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा खटिन जाने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १३औँ डफ्फालाई सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार आयोजित एक समारोहबीच बिदाइ गर्नुभएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले शान्ति मिसनमा सहभागी हुने सम्पूर्ण सुरक्षाकर्मीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उच्च राख्ने गरी व्यावसायिक, अनुशासित र जिम्मेवार ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

संयुक्त राष्ट्रसंघको अनुरोधमा युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिटका रूपमा खटिन लागेको उक्त टोलीले शान्ति स्थापना, नागरिक सुरक्षाको प्रत्याभूति तथा संयुक्त राष्ट्रसंघले तोकेका अन्य जिम्मेवारीहरू निर्वाह गर्नेछ।

नेपालले लामो समयदेखि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति स्थापना अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। दक्षिण सुडानतर्फ प्रस्थान गर्ने १३औँ एफपीयू टोलीले पनि आफ्नो व्यावसायिक दक्षता र अनुशासनमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उँचो बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *