अकबरे खुर्सानी खेतीबाट किसानको आम्दानी बढ्दै
2026-08-05गौरीशंकर माविका विद्यार्थीलाई शस्त्र प्रहरीद्वारा विपद् सचेतना
2026-08-05
गौरीशंकर माविका विद्यार्थीलाई शस्त्र प्रहरीद्वारा विपद् सचेतना
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन प्रतिकार्य बेस सिङ्गटीले दोलखाको बिगु गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा समुदायमा आधारित विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सुरक्षित उद्धारसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो। विपद्का समयमा आफू सुरक्षित रहने र अरूलाई समेत सहयोग गर्ने आधारभूत सीपबारे समेत जानकारी गराइएको थियो।
सशस्त्र प्रहरी बल नेपाल, गुल्म दोलखाका प्रमुख डिएसपी सुरेश कोइरालाले विद्यार्थीमा विपद् सम्बन्धी ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्दै सुरक्षित समुदाय निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
मनसुनका बेला बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ थियो। विद्यार्थीमार्फत विपद् सम्बन्धी सुरक्षा सन्देश परिवार र समुदायसम्म पुग्ने विश्वासका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।




