अकबरे खुर्सानी खेतीबाट किसानको आम्दानी बढ्दै
2026-08-05गौरीशंकर माविका विद्यार्थीलाई शस्त्र प्रहरीद्वारा विपद् सचेतना
2026-08-05
अशक्त वृद्धको पीडा राष्ट्रिय परिचयपत्र बनाउन स्टेचरमा सरकारी कार्यालयसम्म
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६, गैरी टोलका ८२ वर्षीय मंगले पहरी राष्ट्रिय परिचयपत्र बनाउन स्टेचरको सहारामा जिल्ला प्रशासन कार्यालय पुग्न बाध्य भएका छन्। अशक्त अवस्थाका एक ज्येष्ठ नागरिकलाई सरकारी सेवा प्राप्त गर्न यसरी बोकेर कार्यालयसम्म ल्याउनुपरेको घटनाले सेवा प्रवाहको पहुँच र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।
उमेरका कारण कमजोर र हिँडडुल गर्न असमर्थ पहरीलाई परिवार तथा आफन्तले स्टेचरमा बोकेर कार्यालयसम्म पुर्याएका थिए। सेवा लिन उनले भोग्नुपरेको कठिनाइले ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिमैत्री सरकारी सेवाको आवश्यकता पुनः उजागर गरेको छ।
राष्ट्रिय परिचयपत्र नागरिकको आधारभूत अधिकारसँग जोडिएको महत्वपूर्ण सेवा भए पनि अशक्त, दीर्घरोगी तथा ज्येष्ठ नागरिकका लागि घरदैलोमै सेवा उपलब्ध गराउने प्रभावकारी व्यवस्था नहुँदा मंगले पहरीजस्ता नागरिकले अनावश्यक सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।
स्टेचरमा बोकेर सरकारी कार्यालयसम्म पुगेका मंगले पहरीको दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ—आफ्नो संवैधानिक अधिकार प्राप्त गर्न अशक्त र असहाय नागरिकले अझै कति संघर्ष गर्नुपर्ने?
स्थानीयवासीले ज्येष्ठ नागरिक, अशक्त तथा दीर्घरोगीका लागि घरदैलोमै राष्ट्रिय परिचयपत्रलगायतका अत्यावश्यक सरकारी सेवा उपलब्ध गराउने व्यवस्था तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
मंगले पहरीको यो पीडादायी यात्रा केवल एक व्यक्तिको कथा मात्र नभई सेवा पहुँचबाट अझै वञ्चित हजारौं ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूको साझा यथार्थको प्रतिनिधि घटनाका रूपमा हेरिएको छ।





