सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री सचिवालयको सचेत घटनाप्रति आत्मा लोचनासहित स्पष्टीकरण

0Shares

सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री सचिवालयको सचेत घटनाप्रति आत्मा लोचनासहित स्पष्टीकरण

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डे ले नेपाली सेनाका क्याप्टेनमाथि गरेको दुर्व्यवहारको घटनाबारे प्रधानमन्त्रीको सचिवालयले उनलाई सचेत गराएको छ।

काठमाडौंको गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा सांसद पाण्डेले नेपाली सेनाका एक क्याप्टेनलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रधानमन्त्रीले उक्त घटनाप्रति चासो व्यक्त गर्नुभएको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयबाट निर्देशन प्राप्त भएपछि सांसद पाण्डेले घटनाप्रति आत्मालोचना गर्दै सार्वजनिक रूपमा स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्नुभएको छ। विज्ञप्तिमार्फत उहाँले आफ्नो व्यवहारप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउनुभएको छ।

उक्त घटनापछि सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण, सुरक्षा निकायप्रतिको सम्मान तथा जिम्मेवारीबारे व्यापक चर्चा सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *