अवैध बालुवा उत्खननमा संलग्न टिप्पर नियन्त्रणमा रु. २५ हजार जरिवानापछि छाडियो

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट  दोलखा साउन १९

दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित तामाकोशी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक टिप्पर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार साउन १९ गते बा ५ ख १७८१ नम्बरको टिप्पर अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि उक्त सवारी साधन जिल्ला समन्वय समिति, चरिकोटमा बुझाएको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि रु. २५ हजार जरिवाना तिराएर टिप्पर छाडिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न नियमित अनुगमन र निगरानीलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा अवैध उत्खननबारे जानकारी भएमा तत्काल प्रहरीलाई सूचित गर्न सबैसँग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *