नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
विगु-१ लामावगरमा जेन -जी युवाको लहर, एमालेमा दर्जनौं युवा प्रवेश
विगु–१ लामावगरमा जेन–जी युवाको लहर, एमालेमा दर्जनौं युवा प्रवेश
१३ फागुन २०८२, बुधबार
थाङ्मीचागु डटकम
दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका–१ लामावगरमा राजनीतिक माहोल थप तातिएको छ। लामावगरका दर्जनौं जेन–जी (Gen Z) युवाहरू औपचारिक रूपमा मा प्रवेश गरेका छन्।
युवाहरूलाई स्वागत गर्दै आयोजित कार्यक्रममार्फत पार्टी प्रवेश गराइएको हो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले युवाशक्तिको सहभागिताले विकास, सुशासन र समृद्धिको अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। सहभागी युवाहरूले पनि अबको राजनीति पारदर्शी, जिम्मेवार र परिणाममुखी हुनुपर्ने धारणा राखेका थिए।
लामावगरमा देखिएको जेन–जी पुस्ताको सक्रियता आगामी राजनीतिक समीकरणमा अर्थपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ। युवा पुस्ताको बढ्दो आकर्षणले दोलखाको समग्र राजनीतिक वातावरण थप गतिशील बनेको छ।





