तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय
सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय
थाङ्मीचागु डटकम
फागुन १२, २०८२ | काठमाडौँ
काठमाडौँ — सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने निर्णय गरेको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले चारवटै सुरक्षा निकायलाई शीघ्र परिचालन गर्नेगरी थप जगेडा फोर्स तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठक गृहमन्त्री तथा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउँदै निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने उद्देश्यले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिने जनाइएको छ।
सरकारले निर्वाचन प्रक्रियालाई स्वच्छ, मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गर्न सबै निकायबीच समन्वय र प्रभावकारी परिचालनलाई प्राथमिकता दिएको जनाएको छ।





