मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
भिमेश्वर ६ सिमपानीमा लागुऔषधसहित एक युवक पक्राउ
भिमेश्वर ६ सिमपानीमा लागुऔषधसहित एक युवक पक्राउ
थाङमिचागु डटकम संवाददाता

दोलखा । भिमेश्वर नगरपालिका–६ सिमपानीमा प्रहरीले घर खोजतलासीका क्रममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २४ वर्षीय सुजन तामाङको घरमा खोजतलासी गर्दा घरको छतमा राखिएका प्लास्टिक पाइपका टुक्रा चेकजाँच गर्ने क्रममा एक पाइपभित्र लुकाइ–छिपाइ राखिएको Tramadol Hydrochloride 50mg का ४ पत्ता (४० क्याप्सुल) फेला पारेको हो।
लागुऔषध बरामद भएपछि तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीले जिल्लाभर लागुऔषध ओसारपसार तथा दुरुपयोगविरुद्ध कडा निगरानीसहित निरन्तर कारबाही जारी राख्ने समेत जनाएको छ।





