मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोलखा कांग्रेसलाई ठूलो धक्का, तरुण दल सभापति चित्र तामाङले त्यागे पार्टी
दोलखा कांग्रेसलाई ठूलो धक्का, तरुण दल सभापति चित्र तामाङले त्यागे पार्टी
थाङमिचागु डटकम संवाददाता

तरुण दलका सभापति चित्र तामाङद्वारा पार्टी परित्याग
दोलखा — आसन्न निर्वाचनको चटारोबीच नेपाली कांग्रेस दोलखाले ठूलो राजनीतिक धक्का बेहोरेको छ। संगठनका प्रभावशाली युवा नेता तथा तरुण दल दोलखाका सभापति चित्र तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले कांग्रेसभित्रको आन्तरिक अभ्यास, गुटबन्दी र अन्तर्घाती राजनीतिक संस्कृतिलाई खुलेर चुनौती दिएका छन्।
तामाङले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्
“दोलखा कांग्रेस अन्तरघाती चोर पार्टीबाट आजकै मितिदेखि म साधारण सदस्य, क्रियाशील सदस्य तथा तरुण दलको सभापति पदबाट समेत राजीनामा दिएको घोषणा गर्दछु।”
उनको राजीनामासँगै कांग्रेसभित्र लामो समयदेखि गुम्सिँदै आएको आन्तरिक असन्तुष्टि सतहमा आएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। यस घटनाले दोलखामा कांग्रेसको संगठनात्मक अवस्था र नेतृत्व व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
यसैबीच, पत्रकारिताबाट राजनीतिमा उदाएका युवा नेता अजयबाबु शिवाकोटी पछिल्लो समय कांग्रेसभित्र सक्रिय रूपमा देखा पर्न थालेका छन्।
युवामाझ उनको उपस्थितिले संगठनमा केही नयाँ ऊर्जा थपिएको देखिए पनि कतिपयले यसलाई नेतृत्व–केन्द्रित राजनीतिक व्यवस्थापनको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्।
चित्र तामाङको पार्टी परित्यागपछि कांग्रेस दोलखाको युवा संरचना थप कमजोर बन्ने र यसले आगामी निर्वाचनको समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने निश्चितजस्तै देखिएको छ।




