थाकस मलेसियाद्वारा माघी तथा १०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

0Shares

थाकस मलेसियाद्वारा माघी तथा १०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

क्वालालम्पुर, माघ ७ गते २०८२ (जनवरी २१, २०२६)
प्रवासी नेपाली थारु समुदायको साझा संस्था थारु कल्याणकारीणि सभा (थाकस) मलेसिया ले थारु समुदायको महान पर्व माघी तथा संस्थाको १०औँ वार्षिक उत्सव भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

सभापति प्रकाश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष किसान गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा थारु समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, आपसी शुभकामना आदान–प्रदान तथा थारु परम्परागत खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो। साथै मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लिम्बुले माघी पर्व आदिवासी जनजाति समुदायको नयाँ वर्षका रूपमा सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेको पर्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायको पहिचान र एकतालाई मजबुत बनाउने बताउनुभयो।

कार्यक्रमकै अवसरमा संस्थामा नवप्रवेश गरेका १० जना नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरी स्वागत तथा सम्मान गरिएको जानकारी संस्थाका संस्थापक/संरक्षक घनश्याम चौधरीले दिनुभयो।

कार्यक्रम आपसी सद्भाव, एकता र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थारु कल्याणकारीणि सभा (थाकस) मलेसियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *