नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
उदयपुर-खोटाङ जोड्ने कुनाही बतासेघाटमा बेलिब्रिज बन्ने: नयाँ खरिदका लागि टेण्डर आह्वान ।।।
उदयपुर-खोटाङ जोड्ने कुनाही बतासेघाटमा बेलिब्रिज बन्ने: नयाँ खरिदका लागि टेण्डर आह्वान ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल,पुस २१ । उदयपुर जिल्लाको लिम्चुङबुङ र खोटाङको हलेसी तुवाचुङ जोड्ने कुनाही बतासेघाटमा बेलिब्रिज जडान हुने पक्का भएको छ ।
कोशी प्रदेश सरकारले सो स्थानमा नयाँ बेलिब्रिज राख्ने निर्णय गर्दै खरिद प्रक्रियाका लागि आजै टेण्डर आह्वान गरेको छ ।
लामो समयदेखि दुवै जिल्लाका नागरिकहरूले गरिरहेको माग र निरन्तरको पहललाई सम्बोधन गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्थलगत अनुगमन गरी उक्त प्रक्रिया अघि बढाउनुभएको हो ।
नयाँ बेलिब्रिज खरिद गर्नुपर्ने कारण
मन्त्रालयमा मौज्दात रहेको बेलिब्रिज कुनाही खण्डका लागि छोटो हुने प्राविधिक प्रतिवेदनपछि मन्त्री राईले नयाँ बेलिब्रिज खरिदको निर्णय लिनुभएको बुझिएको छ ।
नयाँ खरिद प्रक्रिया सुरु भइसकेकाले आगामी चैत-वैशाखभित्र पुलको सामान निर्माणस्थलमा ल्याइपुर्याउने लक्ष्य राखिएको छ ।
नयाँ खरिद गरिने बेलिब्रिज आगामी वर्षको हिउँदबाट जडान भई पूर्ण रूपमा सञ्चालनमा आउने बुझिएको छ,यसबाट उदयपुरको मुर्कुची-लिम्चुङबुङ र कोल्टे-हाडेवास-चुरुम्फा सडक खण्ड हुँदै खोटाङको हलेसीसम्मको सिधा यातायात सम्पर्क जोडिने पक्का भएको छ ।
यस योजनालाई सफल बनाउन माननीय नारायण बुर्जा मगर र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईको महत्वपूर्ण भूमिका रहेको छ । विकास र समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर सक्षम नेतृत्वलाई साथ दिनुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।
बेलिब्रिजको खरिद प्रक्रियासँगै कुनाहीमा पक्की पुल निर्माणको काम पनि यसै वर्षदेखि सुरु हुने जानकारी गराइएको छ ।





