मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
उदयपुरको व्यापारिक नाका घुर्मीमा प्रहरी चौकीको सुविधासम्पन्न भवन बन्दै: मेजर राईको पहल सफल ।।।
उदयपुरको व्यापारिक नाका घुर्मीमा प्रहरी चौकीको सुविधासम्पन्न भवन बन्दै: मेजर राईको पहल सफल ।।।
थाङमिचागु डटकम संवाददाता

घुर्मी, उदयपुर:
विनोद अविरल,पुस २१ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको मुख्य प्रवेशद्वार एवं महत्वपूर्ण व्यापारिक नाकाका रूपमा रहेको घुर्मी बजारमा प्रहरी चौकीको नयाँ भवन निर्माण कार्य धमाधम भइरहेको छ । लामो समयदेखि जीर्ण र असुरक्षित भवनमा बसेर सेवा प्रवाह गरिरहेको प्रहरी चौकीले अब निकट भविष्यमै अत्याधुनिक र सुविधासम्पन्न नयाँ भवन पाउने भएको हो ।
घुर्मी बजारका युवा व्यवसायी कुमार धमलाले प्रहरी चौकीको दयनीय अवस्थालाई मध्यनजर गर्दै नयाँ भवन निर्माणका लागि पहल गरिदिन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष (मेजर) मेजर राईसँग विशेष अनुरोध गर्नुभएको थियो । स्थानीयको माग र सुरक्षा संवेदनशीलतालाई बुझेर अध्यक्ष राईले तत्कालै यस विषयलाई गम्भीरताका साथ अघि बढाउनुभएको थियो ।
स्थानीयको माग सम्बोधन गर्न अध्यक्ष मेजर राई नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) टेक प्रसाद राईसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा राईले घुर्मीको भौगोलिक महत्व र त्यहाँको प्रहरी चौकीको जीर्ण अवस्थाबारे जानकारी गराउँदै नयाँ भवनको योजना माग गर्नुभएको थियो ।
अध्यक्ष राईको अनुरोध लगतै एआईजी टेक प्रसाद राईले टेलिफोनमार्फत चौकीको वस्तुस्थिति बुझ्न निर्देशन दिनुभएको थियो । वस्तुस्थिति बुझेपछि सोही समयमा भवन निर्माणको योजना स्वीकृत भई बजेटको व्यवस्था गरिएको थियो ।
अहिले सोही योजना अन्तर्गत निर्माण कार्यले तीव्रता पाएको छ । “सुरक्षाकर्मी बस्ने ठाउँ व्यवस्थित हुँदा शान्ति सुरक्षा पनि मजबुत हुन्छ,” स्थानीय व्यवसायीहरू भन्छन्, “जनप्रतिनिधि र व्यवसायीको सामूहिक पहलले आज घुर्मीले एउटा राम्रो पूर्वाधार पाउँदैछ ।”
यो भवन निर्माण सम्पन्न भएपछि घुर्मी क्षेत्रको शान्ति सुरक्षा व्यवस्थापनमा थप सहजता आउने र प्रहरीको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिइएको छ ।





