मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नेजसं मलेसियाको चौथो अधिवेशन सम्पन्न, सभापतिमा चोलाकान्त पंगेनी पुनः निर्वाचित
नेजसं मलेसियाको चौथो अधिवेशन सम्पन्न, सभापतिमा चोलाकान्त पंगेनी पुनः निर्वाचित
क्वालालम्पुर । नेपाली जनसम्पर्क समिति (नेजसं) मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा ४ जनवरी २०२६ आइतबार सम्पन्न अधिवेशन भव्य र सभ्य वातावरणमा सम्पन्न भएको हो।
अधिवेशनको औपचारिक कार्यक्रम पुनः निर्वाचित सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा तथा किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने विशेष अतिथिका रूपमा बिनोद थापा उपस्थित रहेका थिए।
कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्षद्वय इन्द्र नारायण लिम्बु र राकेश महतोसहित मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि तथा राजनीतिक–सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको धारणा व्यक्त गरे। उनले प्रवासमा रहेका नेपाली संगठनहरूले देशको समग्र राजनीतिक स्थायित्वका लागि केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिए। अन्य वक्ताहरूले मलेसियामा स्थापित संघ–संस्थाहरूले यहाँ कार्यरत नेपाली श्रमिकहरूको हकहित, समस्या र अधिकारका विषयमा अझ सशक्त, प्रभावकारी र सौहार्दपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा सभापतिमा चोलाकान्त पंगेनी, वरिष्ठ उपसभापतिमा कमलप्रसाद गौतम तथा उपसभापतिहरूमा टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, ज्ञानेन्द्रबहादुर सिंह र डम्बर ओखडा चयन भएका छन्। त्यस्तै महामन्त्रीमा सरोज दाहाल र मिलन लामा तथा सह–महामन्त्रीमा तिलकचन्द ठकुरी, रामकुमार यादव र देवराज घिमिरे निर्वाचित भएका छन्। कोषाध्यक्षमा इन्द्रप्रकाश भण्डारी चयन भएका छन्।
सदस्यहरूमा दीपक अधिकारी, राकेश गह मगर, यज्ञकुमार राई, रमेश भण्डारी, पुष्कर खड्का, इन्दु बस्नेत, छेवाङ लामा, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल, गणेश बिष्ट र घनश्याम चौधरी रहेका छन्।
प्रमुख अतिथि किरणराज शर्मा पौडेल विभिन्न कारणवश अधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै पुनः निर्वाचित सभापति चोलाकान्त पंगेनीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै मलेसियामा रहेका दुःख–पीडामा परेका नेपाली श्रमिकहरूको सेवामा २४ सै घण्टा सक्रिय रहने र संगठनलाई थप सशक्त, अनुशासित तथा श्रमिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।





