मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
दूतावासको सक्रियता र विनोद थापाको सहयोगमा तीन नेपाली नागरिक स्वदेश फिर्ता
दूतावासको सक्रियता र विनोद थापाको सहयोगमा तीन नेपाली नागरिक स्वदेश फिर्ता
क्वालालम्पुर, २ जनवरी २०२६ — नेपाली राजदूतावास क्वालालम्पुरको सक्रिय पहल र नेपाली कांग्रेसका नेता विनोद थापाको सहयोगमा गम्भीर स्वास्थ्य समस्या तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण स्वदेश फर्कन असमर्थ रहेका तीन जना नेपाली नागरिक सुरक्षित रूपमा नेपाल फर्किएका छन्।
दूतावासका अनुसार सन् २०२५ डिसेम्बर महिनामा विभिन्न समयमा अन्य व्यक्तिको सहयोगमा दूतावाससम्म आइपुगेका ती नागरिकहरूको मानसिक तथा शारीरिक अवस्था नाजुक देखिएपछि उपचारका लागि Christinas Caregiving Home Care Centre मा पठाइएको थियो। करिब दुई हप्ताको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (Gratis Travel Document) जारी गर्दै मलेसियाको अध्यागमन विभागसँग समन्वय गरी ओभरस्टे जरिवाना प्रक्रिया सम्पन्न गराएको हो।
स्वास्थ्यमा सुधार भई स्वदेश फर्कन तयार भएका ती तीनै जनाका लागि गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष, नेपाल जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति तथा नेपाली कांग्रेसका नेता विनोद थापाले हवाई टिकटको व्यवस्था गर्नुभएको दूतावासले जनाएको छ।
विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ता प्रक्रियामा मलेसियामा रहेका प्रवासी नेपाली, नेपाली व्यवसायी तथा विभिन्न संघ–संस्थाहरूको सहयोग महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै दूतावासले यस्ता नागरिकहरूको संरक्षण, सहयोग र सहजीकरणका लागि निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारेको छ।





