मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाली कांग्रेस विदेश संगठनको अधिवेशन: संगठन विस्तार र एकताको अवसर
नेपाली कांग्रेस विदेश संगठनको अधिवेशन: संगठन विस्तार र एकताको अवसर
थाङ्मीचागु डटकम संवाददाता
क्वालालम्पुर, १ जनवरी २०२६
मलेसियामा कार्यरत नेपाली कांग्रेसको विदेश संगठन “नेपाली जनसम्पर्क समिति” ले आगामी जनवरी ४ मा आयोजना हुन लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ।
अधिवेशन क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल मा बिहान ११ बजे सुरु हुने छ। यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण राज शर्मा पौडेल उपस्थित रहने आयोजकले जानकारी दिएको छ।
समितिका अनुसार, यो अधिवेशन प्रवास मलेसियामा संगठन विस्तार, लोकतान्त्रिक समाजवादको मूल्य–मान्यताको प्रवर्द्धन र नेपाली कांग्रेस समर्थकबीच आपसी एकता मजबुत बनाउने अवसरका रूपमा लिइएको छ।
मलेसियामा रहनुभएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई अधिवेशनमा सक्रिय सहभागिताका लागि हार्दिक आग्रह गरिएको छ। साथै, मलेसियास्थित नेपाली राजदूतावास र विभिन्न संघसंस्थालाई पनि निमन्त्रणा गरिएको छ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउने उद्धेश्यले नेपाली कलाकारद्वारा सांगीतिक–सांस्कृतिक प्रस्तुतिहरू पनि हुने आयोजकले जनाएको छ।





