अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
प्रधानमन्त्री कार्कीद्वारा नेपाल वायुसेवा निगममा सुधारको निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा नेपाल वायुसेवा निगममा सुधारको निर्देशन
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा देखिएका अनियमितता र बेथितीहरू सुधार गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएकी छन्।
उनले विशेष रूपमा पहुँच र सिफारिसका भरमा नियुक्त गरिएका करार कर्मचारीहरूलाई हटाउन तथा निगमको व्यवस्थापन प्रणालीलाई पारदर्शी र कार्यक्षमता आधारित बनाउन आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले निगममा लामो समयदेखि देखिँदै आएका राजनीतिक हस्तक्षेप, अनुशासनहीनता र कार्यदक्षताको अभाव अन्त्य गरी संस्थालाई जनताको भरपर्दो राष्ट्रिय वायुसेवा संस्था बनाउन सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।





