मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दोलखामा बोलेरो गाडी अनियन्त्रित भएर चिलौनेको रुखमा अड्कियो, दुई जना घाइते
दोलखामा बोलेरो गाडी अनियन्त्रित भएर चिलौनेको रुखमा अड्कियो, दुई जना घाइते
थाङमिचागु डटकम संवाददाता

दोलखा, असोज २८ ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१ थालडाँडाँमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार BAE ८१९४ नम्बरको बोलेरो गाडी पोवटीबाट पोखरेतर्फ जाँदै गरेको अवस्थामा आज (मङ्गलवार) दिउँसो करिब साढे २ बजे दुर्घटनामा परेको हो।
पाडेखानी बस्ने अन्दाजी २९ वर्षका कुमार बस्नेतले चलाएको सो बोलेरो गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल पल्टिँदा नजिकैको चिलौनेको रुखमा अड्किएको थियो।
गाडीमा सवार तीन जनामध्ये दुई जना सामान्य घाइते भएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
सडकमा सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीले सबै सवारी चालकलाई आग्रह गरेको छ।





