ओखलढुंगा युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता सेप्टेम्बर १४–१५ मा

0Shares

ओखलढुंगा युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता सेप्टेम्बर १४–१५ मा

थाङ्मीचागु डटकम, जोहोरबारु (मलेसिया), २०८२ भदौ २३ गते।

ओखलढुंगा युवा क्लबको आयोजनामा दुई दिने खुल्ला पुरुष भलिबल प्रतियोगिता आगामी सेप्टेम्बर १४ र १५ मा हुने भएको छ।

मनोरञ्जन, मित्रता र स्वास्थ्य प्रवर्द्धनका उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता नेपालकै राष्ट्रिय खेल भलिबल अन्तर्गत सञ्चालन हुने क्लबले जानकारी दिएको छ। प्रतियोगितालाई सफल बनाउन भलिबल क्लबहरूलाई सहभागी हुन आग्रह गर्दै आयोजक समितिले खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई खेलको आनन्द लिन पनि विशेष अनुरोध गरेको छ।

प्रतियोगिता जोहोरबारुस्थित सिमानो होस्टेल, पेक नानासमा आयोजना हुनेछ। विजयी टिमलाई नगदसहित आकर्षक ट्रफी र मेडल प्रदान गरिनेछ।

पुरस्कार विवरणः

  • प्रथम पुरस्कार: नगद आरएम ३५००, ट्रफी र मेडल
  • द्वितीय पुरस्कार: नगद आरएम २५००, ट्रफी र मेडल
  • तृतीय पुरस्कार: नगद आरएम १५००, ट्रफी र मेडल
  • विशेष विधागत पुरस्कार: बेस्ट प्लेअर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट स्पाइकर

यसका अतिरिक्त प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले आरएम ६५० दर्ता शुल्क बुझाउनु पर्नेछ।

थप जानकारीका लागि सम्पर्क व्यक्तिहरुः

  • अध्यक्ष: मनराज मगर (मो. 01116584366)
  • सचिव: अरुण मगर (मो. 0142699217)
  • खेल संयोजक: लक्सन मगर (मो. 0145882541)
  • कोषाध्यक्ष: सागर मगर (मो. 01126757611)

Leave a Reply

Your email address will not be published. Required fields are marked *