राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
छैठौं महाधिवेशनपछि महासंघ मलेसियामा संरक्षक-सल्लाहकार समिति गठन ।।।
छैठौं महाधिवेशनपछि महासंघ मलेसियामा संरक्षक–सल्लाहकार समिति गठन
थाङ्मी चागु डट कम संवाददाता
६ भदौ शुक्रबार २०८२
क्वालालम्पुर (मलेसिया) । मलेसियामा कार्यरत आदिवासी जनजाती समुदायको माउ संस्था नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाले संरक्षक तथा सल्लाहकार समिति मनोनीत गरेको छ।
महासंघ मलेसियाको प्रथम बैठकले संस्थापक अध्यक्ष सुन्दर आले मगरलाई संरक्षक पदमा मनोनीत गरेको छ।
त्यस्तै, सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा विपिन राई तथा सल्लाहकारमा क्रमशः पासाङ तामाङ, घनश्याम चौधरी “आरएन”, राजु योञ्जन तामाङ, इन्द्रनारायण लिम्बु, बालध्वज लिम्बु, जीवन देवान लिम्बु, दिल केरुङ लिम्बु, पुर्ण सुब्बा लिम्बु, कृष्ण आङ्देम्बे लिम्बु, शेरबहादुर गुरुङ र दयाराम कुमाललाई मनोनीत गरिएको महासचिव सन्जिव तामाङले जानकारी दिए।
महासंघले मनोनीत सबैजना प्रति हार्दिक बधाई ज्ञापन गरेको छ।
महासंघ मलेसियाको छैठौं महाधिवेशन गत अगस्ट ३ गते सम्पन्न भएको थियो।




