मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
कालिन्चोक–१ मा नवजात शिशु तथा गर्भवती महिलालाई शिशु स्याहार सामग्री वितरण
कालिन्चोक–१ मा नवजात शिशु तथा गर्भवती महिलालाई शिशु स्याहार सामग्री वितरण
थाङमिचागु डटकम संवाददाता

दोलखा । नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा, स्रोत तथा शिक्षामा सामुदायिक अग्रता (CARE) परियोजना अन्तर्गत नवजात शिशु तथा गर्भवती महिलाहरुलाई शिशु स्याहार सामग्री वितरण गरिएको छ।
कालिन्चोक गाउँपालिका–१ का ३० जना नवजात शिशु तथा गर्भवती महिलाहरुलाई डायपर, टावल, बेबी पाउडर, बेबी अइल, होर्लिक्सलगायतका सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र, दोलखाका जिल्ला संयोजक राजन क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रका कार्यसमिति सदस्यहरुको पनि उपस्थिति थियो।
यस पहलले बालबालिकाको कुपोषण दर घटाई “पोषणयुक्त गाउँ निर्माण” गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
यस अमूल्य सहयोगका लागि Ineke Kroes म्याम र योगी कायस्थ सरलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको छ।
फोटो : कृषि प्राविधिक अस्मिता बस्नेत





