राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
जोहोरमा प्रवासी नेपाली मञ्चको राज्य कमिटी पूर्ण गठन सेप्टेम्बर ७ मा
जोहोरमा प्रवासी नेपाली मञ्चको राज्य कमिटी पूर्ण गठन सेप्टेम्बर ७ मा
थाङ्मीचागु डटकम २०८२ भदौ २
जोहोर । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च, राज्य कमिटी जोहोरको पुनर्गठन यही सेप्टेम्बर ७ गते, आइतबारका दिन हुने भएको छ।
राज्य कमिटीका पदाधिकारीहरुले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किसकेका कारण नयाँ कमिटी पूर्ण रूपमा गठन गर्न लागिएको मञ्चले जनाएको छ। यस अवसरमा प्रवासी नेपाली मञ्चमा आस्था राख्ने दाजुभाइ तथा दिदीबहिनीहरुलाई संगठनमा आबद्ध भई प्रवासमा रहेका नेपालीको हितमा योगदान दिन आग्रह गरिएको छ।
मञ्चले प्रवासी नेपालीबीच एकता र सहकार्यलाई सुदृढ बनाउँदै नेपाली समुदायका हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सो अवसरमा स्थान र समयबारेको विस्तृत जानकारी पछि सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
पुनर्गठनमा सक्रिय सहभागिताका लागि विशेष आग्रह गर्दै मञ्चले थप जानकारीका लागि अध्यक्ष सुर्य बस्याल, जोहोर इन्चार्ज एवम् केन्द्रीय सदस्य छबि लाल गिरि, उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष कृष्ण गुरुङ र दामोदर ओलीलाई सम्पर्क गर्न सकिने जनाएको छ ।




