मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
परीक्षाको नाममा रु. २२०० शुल्क ,विद्यार्थी र अभिभावक चर्को मारमा

दोलखा जिल्ला, बिगु गाउँपालिका-८, मा रहेको हिमालय माध्यमिक विद्यालय खोपाचागुले अभिभावक हरूलाई मार पर्ने गरी विगतदेखि नै परीक्षाको नाम चर्को शुल्का असुल्दै आइरहेको जानकारी अभिभावकहरुबाट थाह हुन आएको छ । गत जेठमा सञ्चालित कक्षा १२ को परीक्षामा प्रति विद्यार्थी रु ६०० । शुल्क उठाउनुपर्नेमा प्रत्येक विद्यार्थीहरुलाई दोब्बर शुल्क रु.१२०० उठाएकोमा अभिभावकहरूले चर्को विरोध गरेका थिए । उक्त पैसा उठाउँदा विद्यालयले विद्यार्थीहरुलाई पैसा तिरेको रसिद पनि उपलब्ध नगराएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बुढाथोकीले अभिभावकहरूलाई बढी उठाएको शुल्क फिर्ता गर्ने वचन दिएपछि अभिभावकहरूको आक्रोश कम भएको थियो। विद्यालयले पनि केही पैसा फिर्ता गर्ने बचन दिएका थिए। तर अहिलेसम्म पनि उक्त बढी उठाएको पैसा विद्यार्थीले नपाएको गुनासो गरिरहेका छन्। कक्षा १२ को विद्यार्थीहरूमध्ये ९ जनाले विद्यालयले परीक्षा केन्द्रमा आवश्यक सहजीकरण नगर्दा विद्यार्थीहरू दोधारमा परी स्वास्थ्य शारीरिक विषयको परीक्षा छुटाएका थिए। उक्त विषयको परीक्षा छुटेपछि करिब २२ जना विद्यार्थी सहभागी भएको उक्त विद्यालयबाट ३ जना विद्यार्थीले मात्र कक्षा १२ को एसएलसी परीक्षा उत्तीर्ण गरेको नतिजा बिगु गाउँपालिकाले सार्वजनिक गरेको थियो। विद्यालयले विगतमा गरेका गल्तीलाई फेरि बिर्सेर कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा शुल्कको नाममा रु १०००। शुल्क असुलीको जानकारी परीक्षामा सहभागी हुने विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरुबाट थाहा हुन आएको छ।

यसरी विद्यालयले विद्यार्थीहरूलाई परीक्षा लगायतका अन्य नाममा मनपरी ढङ्गले शुल्क असल्नु दिनु अभिभावकहरूको पनि कमजोरी रहेको देखिन्छ। विद्यालय व्यवस्थापन समितिले विद्यालयको यस्ता गलत गतिविधिको निगरानी नराख्नु र बिगु गाउँपालिकाको शिक्षा शाखाले पनि खासै चासो दिएको देखिँदैन। यसरी एउटा परीक्षाको नाममा एकजना विद्यार्थीले रु.२२००। मात्र विद्यालय शुल्क बुझाएका छन्। गाउँघरका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको लागि सुविधा सम्पन्न सहरको भन्दा पनि बढी शुल्क असुल्नु ठाडो रूपमा नियम कानुनलाई चुनौती दिएको प्रष्टै देख्न सकिन्छ।






